२०८१ मंसिर ६, बिहिबार
काठमाडौं :- बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले संसदबाट विस्वासको मत लिने भएकी छिन् । गत भदौ २ गते गठन भएको मुख्यमन्त्री शाक्य नेतृत्वको नेकपा एमालेको सरकार पार्टी विभाजन पछि अल्पमतमा परेको थियो ।
भदौ २७ गते बागमती प्रदेशसभा सचिवालयमा नेकपा एकीकृत समाजवादी पार्टीको आधिकारिकता र आवद्ध सांसदहरुको नामावली सहितको निर्वाचन आयोगको पत्र दर्ता भएसँगै मुख्यमन्त्री शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको हो । ५६ सांसदका साथ एमालेको स्पष्ट बहुमतको सरकारको नेतृत्व सम्हालेकी शाक्य नेकपा एकीकृत समाजवादी पार्टीको आधिकारिकता पछि भने ४३ सांसदमा सीमित हुन पुगिन् । प्रदेशमा नयाँ सरकार गठन गर्न वा मुख्यमन्त्री शाक्य नेतृत्वको सरकार टिकाउन कुल १०९ जना सांसद् मध्ये ५५ जनाको समर्थन आवश्यक छ । मुख्यमन्त्री शाक्यले सरकार टिकाउन अन्य दलहरूसँग गठबन्धनका लागि निकै प्रयास गरिन् । तर प्रयास सफल हुन नसकेपछि उनी संसदबाट विश्वासको मत लिने तरखरमा पुगेकी हुन् ।मुख्यमन्त्री शाक्य नेतृत्वको सरकार आधिकारिक रुपमा अल्पमतमा परेको दुई साता काटिसकेको छ । तेसो त प्रदेशसभामा प्रतिनिधित्व गर्ने साना दलहरूको सहयोगमा पनि मुख्यमन्त्री शाक्यको सरकार टिक्ने सम्भावना देखिदैन ।
सरकार अल्पमतमा परेको ३० दिनभित्र मुख्यमन्त्रीले संसदबाट विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था रहेको छ ।उक्त संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री शाक्यले आगामी असोज २५ गते भित्र मुख्यमन्त्री शाक्यले विश्वासको मत लिइसक्नु पर्ने हुन्छ । बागमती प्रदेशमा बलियो पक्कड बनाएको गठबन्धनको सरकार बन्ने निश्चित देखिन्छ । प्रदेशमा माओवादी केन्द्रका २३, नेपाली काँग्रेसका २२ र नेकपा एकीकृत समाजवादी पार्टीका १३ जना सांसदसहित संयुक्त गठबन्धनको सरकार बनाउने गृहकार्य भइरहेको छ।
बागमती मिडिया हाउस द्वारा संचालित
बनेपा ७, काभ्रेपलाञ्चोक
ईमेल: [email protected]
सम्पर्क फोन- ९८५१०५१९८४
स्थायी लेखा नं.: १०६५२०७६१
प्राईभेट फर्म दर्ता नं.: १२२४८/०७९
सूचना विभाग दर्ता नम्बर: २९८८-२०७८/२०७९